अकबर अलि
दुहबी,। सुनसरीको गढि गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको भनिएको खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेको छ ।
कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणका लागि गत दुई महिनामा गाउँपालिकाले खर्च गर्दै आएको उक्त खर्चको पुष्टि गर्ने कुनै आधार गाउँपालिकाबाट सार्वजनिक नभएको भन्दै संचारकर्मीहरुले खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेको हो ।
कोरोनाको वेला आम्दानी र खर्चको आय ब्यय सहित बिल भौचर आम गढि गाउँपालिकनबासीमा सार्वजनिक गर्न माग गरेका हुन । सुचनाको हक समबन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम सूचनाको हक प्रयोग गरि गढि गाउँपालिकासँग माग गरेका हुन ।
संचारकर्मी प्रेम गिरीले बुधबार गाउँपालिकामा सूचनाको हक प्रयोग गरि निवेदन दर्ता गराएको हो। गाउँपालिको बैठकमा मात्रै खर्च भयो भनेर नपुग्ने भन्दै खर्चको सबै विवरण पारदर्शी रुपमा सार्वजनिक गर्न माग गरेका हुन् ।
गाउँपालिकाले खर्चको विवरण फेहरिस्त सार्वजनिक गर्नुपर्नेमा सो कार्य गाउँपालिकाबाट हुन नसकेकाले स्वास्थ्य सामग्री खरिद, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा अपारदर्शी ढंगले खर्च गरिएको स्थानीयवासीहरुको गुनासो बाहिर आएकोले उजुरि दर्ता गरिएको संचारकर्मी प्रेम गिरिले जानकारी दिएका छन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरिले सुचना माग गरेको निवेदनमा तोक आदेश गरि लेखा फाँटका नाममा लेखी पठाएको निवेदन २४४८ नम्बरमा दर्ता गरिएको छ ।
गढि गाउँपालिकाले आम्दानी र खर्चको बिवरण सार्वजनिक गर्न ढिलो गरेपछि स्थानीय बासिहरुको गुनासोको आधारमा सूचनाको अधिकार प्रयोग गरि आम्दानी र खर्चको बिवरण बिल भर्पाई सहित सार्वजनिक गर्न जेठ २८ गते उजुरि दर्ता गरिएको गिरिले बताए ।
खर्चको विवरण सार्वजनिक गर्न विभिन्न संचारमाध्यममा आवद्ध रहेमा संचारकर्मीहरुले समेत माग गरेका छन् ।