अजय मिश्र
कृष्णनगर,। लकडाउनको मौका छोपी कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत क्षेत्रमा भन्सार छलि गरि लैजादा वरामद गरिएको समान इलाका प्रहरी कार्यालय कृष्णनगरले जलाएर नष्ट गरिएको छ ।
औषधी ,रक्सी , गुटखा लगायत समान रहेको जस्को अनुमानित मुल्य पाँच लाख बराबरको हराहरीमा रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। यस अघि पनि इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध रूपमा ल्याईएको समान विभिन्न समयमा समेत नष्ट गरिएको छ।
भन्सार चुहावट रोक्न आफूहरू सधै तत्पर रहेको जनतालाई सुरक्षाको अनुभूति दिई देश र जनताको सुरक्षा दिनु नै हाम्रो कर्तव्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।

तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् । प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए ।
सकृय बन्दै गएको प्रहरी सुराकिको आधारमा खटिएको गस्तीटोलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन।
नियन्त्रणमा लिइएको मालसामान स्थानिय भद्र भलाआदमी, पत्रकार, सुरक्षाकर्मी, कृष्णनगर नगरपालिका प्रतिनिधिहरूको रोहबरमा राखी उक्त माल समान नष्ट गरिएको छ।