काठमाडौं,। नेपालमा कोरोना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको संख्या १६ पुग्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।
गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए ।
त्यो पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् ।
उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिनु भयो