Thursday, March 4, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

भोक्राहा नरसिंहको प्रशासकीय अधिकृतले दवाबको कारण कार्यालय छाडे

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
९ महिना अगाडि
समाचार
भोक्राहा नरसिंहको प्रशासकीय अधिकृतले दवाबको कारण कार्यालय छाडे
64
SHARES
ShareTweet
Subscribe

इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ मा बनिसकेको कालोपत्रे सडकलाई कागजी प्रकृयामा नयाँ देखाएर भुक्तानीको प्रकृया अघि बढाउन खोजिएको विषयलाई लिएर केहि दिन यता कर्मचारी र जनप्रतिनिधिमा मनमुटाव चुलिएको थियो ।

काम सम्पन्न भई भुक्तानी लगायतका सबै प्रकृया सम्पन्न भैसकेको अवस्थामा जनप्रतिनिधिकै रोहवर र दबाबमा सोही सडकका नाममा थप रकम निकासा गर्न लागिएको विषयलाई कर्मचारीहरुले गैरकानुनी ठहरिने भन्दै काम अघि बढाउन नसकिने बताउँदै आएका थिए ।

भोक्राहा नरसिंहको वडा नम्बर ३ फुलचोक देखि उत्तर तर्फको २३ सय मिटर सडक कालोपत्रे भएकोमा २६ सय मिटर काम भएको भन्दै बढी काम गरे वापतको रकम भुक्तानीका लागि वडा कार्यालयले सम्झौता लगायतका प्रकृया अघि बढाएसँगै उक्त विषय विवादित बन्न पुगेको थियो ।

जसमा कर्मचारीहरुले कागजमा स्टिमेट देखाएर भुक्तानी दिन नमिल्ने बताउँदै आएका थिए ।
उक्त कार्य सम्पन्न गराउनका लागि वडा अध्यक्ष सुकदेव यादवको रोहवरमा उपभोक्ता समिति समेत यसअघिनै गठन भैसकेको थियो ।

मन्दिरका लागि भनि डाकिएको बैठकमा वडा अध्यक्ष यादवले बाटो निर्माणका लागि भन्दै उपभोक्ता समिति गठन देखि योजना सम्झौता र खाता संचालन समेतको प्रस्ताव पारित गराएको स्थानीयहरु बताउँछन् ।

यद्यपी माइनोटमा तत्कालिन अवस्थामा उपभोक्ता समितिका पदाधिकारीहरुको नामावली भने रिक्त राखिएको उनीहरु बताउँछन् । गाउँपालिका स्रोतका अनुसार वडा मार्फत प्राप्त भएको सिफारिसमा उपभोक्ता समितिका पदाधिकारी सहितको निवेदन समावेश छ ।

जसमा कालोपत्रे सडक सम्झौता गराई पाउँ लगायतका विषय उल्लेख छ । स्थानीयहरुले उपभोक्ता समिति गठन गर्दा पदाधिकारीहरुको नाम समावेश नगरी माइनोटमा हस्ताक्षर गराएको बताए ।

उनीहरुले बदनीयत पूर्ण तवरले आर्थिक चलखेल गर्न आफु पायकका व्यक्तिहरुको नाम राखी गाउँपालिकामा योजना संचालनका लागि सिफारिस गरेको बताए ।

देवराम मधेशीको बुझाईमा बनिसकेको सडकका नाममा थप रकम निकाल्न खोज्नु आर्थिक चलखेल गर्नु हो । बढी सडक बनेको आधार देखाउँदै पुरानो हिसाब मिलान गर्न भन्दै उपभोक्ता समिति गठन गरिनु कानुन विपरित हुने उनको तर्क छ ।

उनले सो विषयमा गाउँपालिकासँग जानकारी माग गरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा उजुरी हाल्ने तयारीमा रहेको समेत बताए ।

त्यस्तै अर्का स्थानीय बिन्देश्वर यादवले समेत वडाले चालेको प्रकृया गलत रहेको धारणा व्यक्त गरे। उनले उपभोक्ता समितिका पदाधिकारीहरुको नाम बेगरै माइनोटमा लेखिएका प्रस्ताव उपर हस्ताक्षर गराउनुले शंका उब्जाएको बताए ।

त्यसैगरी स्थानीय नेता समेत रहेका जोगेश्वर यादवले वडा अध्यक्षले गाउँपालिका अध्यक्षसँग मिलेर रकम पचाउन पुरानो कामको बहाना गरी कागज मिलान गर्न खोजेको आरोप लगाए । उनले गलत कामलाई राम्रो भन्न नसकिने बताए ।

उपभोक्ता समितिको अध्यक्षमा वडाले नाम समावेश गरेका वालकृष्ण यादवले आफुलाई अह्राए अनुसारको कामकालागि अध्यक्षको पदमा बसेको प्रतिकृया दिएका छन् । यद्यपी उनले गर्न लागिएको भनिएको काम नियम संगत हो वा हैन् त्यसबारे आफुलाई जानकारी नभएको उनले अनभिज्ञता प्रकट गरे ।

उनले कालोपत्रे भैसकेको भएपनि सोही सडकको नाममा उपभोक्ता समिति बनाइएको बताउँदै त्यसको अध्यक्षमा आफुलाई राखिएको स्विकारे ।

सडक निर्माणको विषयमा गाउँपालिकाका इन्जिनियर आशिष साहले नियम विपरित गर्न लागिएको काममा आफ्नो साथ र समर्थन नरहेको बताए । उनले यस अघिनै निर्माण सम्पन्न भएको सडकमा कागजी स्टिमेट तयार पारेर नयाँ भुक्तानीका लागि प्रकृया अघि बढाउनु नियम विपरित हुने बताए ।

साहले सोही व्यहोराको फिल्ड प्रतिवेदन कार्यालय समक्ष बुझाइएको जानकारी समेत दिए ।इन्जिनियर साहले पुरानो काम सम्पन्न भई यस अघिनै भुक्तानी भैसकेको अवस्थामा त्यसबेला बढी काम भएको भन्दै यतिबेला थप भुक्तानी दिलाउन अपनाउन खोजिएको प्रकृया गलत र नियम विपरित रहेकाले त्यसको भागिदार आफुहरु नहुने स्पष्ट पारे ।

उक्त विषयमा वडा अध्यक्ष सुकदेव यादवले आफुहरुमाथि लगाइएको आरोप गलत भएको बताए । उनले पुरानो बाँकी रकम भुक्तानीकालागि गाउँपालिकाकै निर्णय बमोजिमको प्रकृया अघि बढाउन खोजिएको जवाफ दिए ।

गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले भने ठेकेदारले बढी गरेको काम वापतको भुक्तानी पछि दिने भने बमोजिम भुक्तानीका लागि प्रकृया अघि बढाउन खोजिएको बताए ।

आफुलाई असहयोग गर्नेहरुले गलत हल्ला फैलाएको बताउने अध्यक्ष यादवले काम गरे वापतको भुक्तानी दिन खोज्नुलाई गलत व्याख्या गर्न नहुने बताए ।

उनले बाटो बनिसकेको भएपनि बढी भएको कामको भुक्तानी दिन खोज्दा कर्मचारीबाट असहयोग भएको भने स्विकारे । उनले भने, परिषद्बाटै शिर्षक छुट्याई रकम विनियोजन भएको छ ।

त्यसैले पनि कर्मचारीले कागज मिलाएर भएपनि भुक्तानी दिनु पर्छ । उनले उपभोक्ता समिति गठन गरिएको विषय भने झुटो भएको बताए । अध्यक्ष यादवले टेण्डर प्रकृयाबाट आवश्यक प्रकृया अघि बढाउने तयारीमा रहेको बताए ।

उता प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले दबाबमा आएर गलत काम गर्न नसकिने प्रतिकृया दिएका छन् । जबरजस्ती कागज मिलाएर काम गराउन खोजिएकाले कार्यालयले आफुलाई दिएको स्कुटी र अफिसको नाममा रहेको आफुले प्रयोग गरेको सिमकार्ड जिम्मा लगाएर हिंडेको घिमिरेले बताए ।

घिमिरेले यसअघि नै भुक्तानी लगायतका सबै प्रकृया सकिसकेको अवस्थामा सोही सडकलाई आधार मानी सम्झौता लगायतका प्रकृया अघि बढाउनै नसकिने बताए । घिमिरेले काम गर्ने सहज वातावरण नबने सम्म कार्यालयमा उपस्थित हुन नसक्ने समेत बताए ।

उता भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर तथा सुचना अधिकारी ओम प्रकाश साहले समेत बनिसकेको सडकको भुक्तानी लगायतको प्रकृया सम्पन्न भैसकेको अवस्थामा सोही सडकमा अर्को भुक्तानी दिन नमिल्ने बताए ।

कागजी आधार तयार पारी प्रकृया अघि बढाउन खोजिएको भए सरासर कानुन विपरित हुने उनले बताए । भोक्राहामा यसअघि समेत केहि कर्मचारीले दवाबकै कारण काम छाडेको जानकारहरु बताउँछन् ।

Tags: कारणकार्यालय छाडिएजनप्रतिनिधिकाेदवाबकाे
ADVERTISEMENT
Previous Post

नेपालमा कोरोनाबाट थप एकको मृत्यु ,मृतकको सङ्ख्या १६ पुग्यो

Next Post

सुनसरीको सदरमुकाम इनरुवा बजारमा भिसन आगलागी

Next Post
सुनसरीको सदरमुकाम इनरुवा बजारमा भिसन आगलागी

सुनसरीको सदरमुकाम इनरुवा बजारमा भिसन आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist