नसीम अन्सारी
इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवा बजारमा भिसन आगलगी भएको छ ।
इनरुवा नगरपालिकाको बिच बजारमा रहेको हनुमान बस्त्रालय र सृजना फाइनान्स लिमिटेडमा
आइतबार बिहान करिब ५ बजेको समयमा आगलागी भएको हो ।
आगलागीबाट हनुमान बस्त्रालय र सृजना फाइनान्सको भवन पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ। आगो साढे छ घण्टा पछि मात्र नियन्त्रणमा आएको प्रहरीले बताए ।
आगलागीबाट करिव ७ करोड बराबरको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रमुख एसपी कमल थापाले अन्य घरहरु भत्काएर सुरक्षित गरिएको बताए ।
पसलमा कपडा पुल भएका कारण आगलागी नियन्त्रण गर्न समय लागेको एसपी थापाले बताए। थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ। विहान पाँच बजे शुरु भएको आगलागी साढे १० बजे नियन्त्रणमा आएको हो ।
इनरुवाको दकमल काम नलाग्ने भएपछि स्थानीयवासी,प्रहरी,नेपाली सेना र बराहक्षेत्र ,इटहरी, दुहबी, विराटनगर, धरान, सुन्दरहरैंचाबाट आएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानीयले बताए हो।