इनरुवा,। सुनसरीको धरानमा इटहरीका व्यवसायी जिवन खनाल झुन्डिएको अवस्थामा भेटीएका छन । धरान १८ स्थित यति होटलमा इटहरीका व्यवसायी खनाल होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
लामो समयदेखि जग्गा लगायत अन्य स्थानमा आर्थिक कारोबार गर्दै आएका खनाल सोमबार नै उक्त होटलमा बास बसेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको खास नाम नविन खनाल भएपनि होटलमा जीवन खनाल भनेर नाम टिपाएर बास बसेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।