इनरुवा,। सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस सहित रङ्गेहात पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पोखरेललाई रु ६५ हजार नगद सेवाग्राहीसँग लिदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
इटहरी ६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समय देखि सेवाग्राहीहरुसँग कमिसन लिने गरेको भन्दै अख्तियार उनको पछाडी लागेको थियो ।
पोखरेललाई इटहरी ६ स्थित वीपी चोकको समिप होेटलमा सेवाग्राहीसँग पैसा लिदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ ।