नसीम अन्सारी भुटाहा,। सुनसरीको सदरमुकाम इनरुवा देखि दक्षिण दुईवटा गाउँपालिकाको नागरिकसँग नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले सोतेला व्यवहार गरिरहेको छ।
विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले इनरुवा देखि दक्षिण हरिनगर र देवानगंज गाउँपालिकाका सम्पूर्ण नागरिकहरुसँग दैनिक लाइन काटेर दुख दिने गरेको स्थानीयवासीहरुले गुनासो रहेको छ।
नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख र कर्मचारीहरुले आफ्नो कामप्रति जिम्मेवार समेत नभएको र आफुहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको उनीहरुको आरोप रहेको छ।
उनीहरुको अनुसार दुई थोपा पानी परियो रात भर लाइन आउदैन जुन दिन धेरै गर्मी भयो भन्ने रात भर लाइन काटि हाल्छ। हामीहरु पनि इनरुवाकै नागरिक जस्तो सबै थोक नियम कानुन अनुसार तिरिरहेको छौ।
इनरुवामा रात भर लाइन हुन्छ इनरुवावासीहरु रात भर अरामले सुतिरहेका हुन्छ तर हामी दक्षिणकावासीहरु रात भर गर्मीमा बाहिर बसिरहेका हुन्छौं किन हामीसँग सोतेला व्यवहार गरिरहेको छ।
बिजुली अफिसमा फोन गरियो भन्ने फोन लागदैन, यदि कुनै दिन फोन लागि भन्ने सर दक्षिण तिर लाइन किन काटेको प्रश्न गरियो भनेपछि लाइन फोलड छ,बिग्रिएको छ भन्ने गर छ। सधै लाइन दक्षिण तिरकै किन बिग्रिन्छ भनेपछि उत्ताकै कर्मचारीलाई सोधनु भनेर फोन राखदिन्छ।