इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित चिरौली नहर एरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोहि स्थानका २० बर्षीय जमाल अंसारी र २२ बर्षीय प्रविण कुमार उराव रहेका छन ।
विशेष सुराकीका आधारमा हिजो अपरान्ह ५ बजे उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा DIALEX-DC १०७ बोतल, SPASMO- PROXYVON PLUS-६९६ क्याप्सुल र NITRA VET-३००० ट्याब्लेट बरामद गरिएको हाे।
यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।