उदयपुर,। उदयपुर रौतामाई-२ स्थित बस्ने ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।
हिजो राती ८ बजे माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो। झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।