इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह चिरोली चौक स्थित नेपाली काँग्रेस सुनसरीले डा.गोविन्द केसीका माग पूरा गर्न समर्थनमा विरोध प्रदर्शन गरेको छ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन उद्देश्यले काँग्रेसले चिरोली चौकमा प्रदर्शन गरेको छन।
चिरोली चोकमा शनिबार साझ ५ बजे काङ्ग्रेसका नेता थता कार्यक्रताहरुले डा.गोविन्द केसीका सबै उचित मागहरु पुरा गर्न सरकारलाई दबाब दिएका छन ।
भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युबराज दहालले भन्ने गरिब नेपालीका छोराहरुले पनि डा.हुनपाउनु पर्छ , दुर दराजका जनताले निशुल्क उपचार पाउनु पर्छ भन्दै १९ औ पटक अनशनमा बस्नु भएका डा. गोबिन्द केसीका जायज माग पुराहुनुपर्छ भन्ने सुनसरी काँग्रेसले दाबी गरेका छन ।
आमरण अनशनमा रहेका डा.गोविन्द केसीका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै देशभरका जनता सडकमा उत्रिएका छन् । २७ दिनदेखि आमरण अनशनमा रहेका डा.केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको काँग्रेसको आरोप रहेको छ।
डा.केसीका समर्थन गर्दै भोक्राहाको चिरौली चौकमा साझ ५ बजेर ३० मिनेट मौन धर्ना तथा विरोध प्रदर्शन कार्यक्रम रहेको नेपाली काँग्रेस गाउँपालिका सभापति युबराज दहालले बताएका छन् ।
मौन धर्ना तथा विरोध प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसका सयौं नेता थता कार्यक्रताहरु लगायतको सहभागिता रहेको थियो।