इनरुवा,। सुनसरीको धरान उपमाहानगरपालिका-१५ बिशालचोक स्थित बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छ।
पक्राउ परेका रोक्का को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका विषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिए पश्चात उनलाई चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका रोक्का माथि ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ।