टोमराज मेहता , ८ पुष २०७६ मा प्रकाशित
इनरुवा । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले इनरुवा नगरपालिकाको सुचना केन्द्र प्रभावकारी नभएपनि थप सुचना केन्द्रको स्थापना गर्नुपर्ने बताएकी छिन् । सुचनाबाट जनता सुशुचित हुने भएकाले नगरपालिकामा रहेको एक वटा सुचना केन्द्रबाट प्रभावकारी नहुदाँ प्रत्येुक वडामा सुचना केन्द्र स्थापना गर्नुपर्ने बताईन् ।
इनरुवा नगरपालिका भित्र रहेका १० वटा वडामा सुचना शाखा स्थापना गर्नुपर्ने माग गर्दै उपमेयर जमुना गौतम पोखरेलले सुचनाको प्रत्याभूती गरेपनि नगरपालिकामा रहेको सुचना शाखामा एकजना कर्मचारी मात्र भएकोले सेवाग्राहीहरु समयमा सुचना प्राप्त गर्न नसकेको र घण्टौं सम्म कुर्नपर्ने बाध्यता रहेकोले प्रत्येक वडामा सुचना शाखा स्थापना भए जनतालाई सुचना लिन सहज हुने बताईन ।
पोखरेलले नगर क्षेत्रको विकासमा पारर्दिशता, जवाफदेहिता र जनताप्रति उत्तरदायित्व पुरा गर्न गरेको कामहरुको जनतामा सुचना प्रवाह गर्न प्रत्येक वडामा सुचना केन्द्र स्थापना हुन जरुरी रहेको बताईन् ।
उनले नगर क्षेत्रको सुचनाबाट अझै पनि नागरिकहरु बञ्चित रहेकाले सुचनामा पहुँच र सचेतनाका लागि सुचना केन्द्र आवश्यक रहेको तर्क गरिन् । पोखरेलले नगरपालिकाभित्र भएका गतिविधिहरुलाई सार्वजनिक सुनवाई मार्फत जनतामाझ सार्वजनिक गरिनुपर्नेमा अहिलेसम्म कुनै चासो नदेखाएकोले सुचना केन्द्र भए सबैलाई सुचना लिन र केही गुनासो गर्न सहज हुने बताईन् ।
जनताहरुले पनि आफनो दायित्व निर्वाह गर्न पनि समय समयमा घचघचयाउनुपर्ने र संगठित भएर विकास निर्माण सँगै बिभिन्न खालको गतिविधिहरुमा सचेत गराउन पनि आवश्यक रहेको बताईन । उपमेयर पोखरेलले जनताले पनि चनाखो हुन जरुरी रहेकोले नागरिक दायित्व पुरा गर्न पनि सुचना सँग सम्वन्धित सुचना हकको सदुपयोग गर्न पनि आग्रह गरिन्।