नसीम अन्सारी
भुटाहा,। नेपाल प्रहरीको ६५ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न क्षेत्रबाट सहयोग गर्ने ११ जनालाई सम्मान गरेको छ।
शान्ति सुरक्षा कायम राख्ने कार्यमा आम नागरिकको जिम्मेवारी प्रति सवेदनशील रही जिल्ला प्रहरी कार्यालयको प्रतीक्षालय भवन निर्माण गर्ने कार्यमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ।
साथै नेपाल प्रहरी प्रति नागरिकको अटल विश्वास एवं भरोसाको उदाहरण प्रस्तुत गर्दै पुर्याउनु भएको योगदानको मूल्यांकन स्वरूप ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ११ जनालाई प्रसंसा पत्रसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा नेपाल मुस्लिम संघ प्रदेश १ का अध्यक्ष इसराइल मंसुरी, सुनसरी क्षेत्र नं. ४ का नेपाली काँग्रेस सभापति तथा कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी,औषधी व्यावसायिक संघ धरान नगर सचिव प्रवेज आलम अन्सारी, संचारकर्मी रुमा रिजाल,निर्माण व्यवसायी जयप्रकाश साह,
त्यसैगरी सामाजिक अभियन्ता रोहित निरौला, जिनियस निरौला, रमेश यादव, जीवन पराजुली, खगेन्द्र श्रेष्ठ र मनोज सिपलिया यादव समेतलाई सुनसरी प्रहरी प्रमुख कमल थापाले औपचारिक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गर्नु भएको थियो ।