विराटनगर,। मोरङको दुई स्थानमा छुट्टाछुट्टै सडक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मोरङको बिराटनगर-१३ स्थित कोशीप्रोजेक्ट नजिक मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेको समयमा को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर-१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर- १५ का देवी प्रसाद अधिकारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
यसै गरी मोरङ कहटरी -१ स्थित भित्रि सडक खण्डमा अटो चालकको मृत्यु भएको छ । दिउँसो पौने ३ बजेको समयमा को २ ह ५४९२ नम्बरको अटो चालक विराटनगर-२ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनि अटो बाट आफै लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।