दुहबी,। सुनसरीको दुहबी नगरपालिका-३ स्थित संचालनमा रहेको नेउपाने होटलबाट विशेष सूचनाको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय दुहबीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुहबी नगरपालिका ११ बस्ने बर्ष २३ को अनिल साह रहेको दुहबी प्रहरीले जानकारी दिएको हो।
पक्राउ परेका साह माथि थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ ।