Tuesday, March 2, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

आइजिपि पौडेलद्वारा सुनसरीको नरसिंहमा सशस्त्र प्रहरी बलको नवनिर्मित भवन उद्घाटन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
३ महिना अगाडि
FEATURE, समाचार
आइजिपि पौडेलद्वारा सुनसरीको नरसिंहमा सशस्त्र प्रहरी बलको नवनिर्मित भवन उद्घाटन
80
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी भुटाहा,। सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका वडा नंं. ८ स्थित सोनयाहीमा सशस्त्र प्रहरी बलको नवनिर्मित भवन आज एक समारोह बिच उद्घाटन गरिएको छ।

सीमा सुरक्षा पोष्ट बिओपीको भवन सशस्त्र प्रहरी बलका महानिरीक्षक रामशरण पौडेलले एक कार्यक्रमको बिच समुद्घाटन गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उद्घाटन समारोहलाई सम्वोधन गर्दै पौडेलले सीमा नाकामा खटिएको सशस्त्र प्रहरीहरुले सीमाको सुरक्षासँगै जनतालाई सुरक्षाको प्रत्याभूती दिइने हाम्रो मुख्य जिम्मेवार रहेको बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सुनसरीमा १० औं बीओपीको उद्घाटन गर्दै उनले भने नेपालको १ सय ९४ औं बीओपी र सुनसरीको १० औं बीओपीको रुपमा रहेको भोक्राहा नरसिंहको उल्टीमा आफूले उद्घाटन गर्न पाएको बताए ।

देशमा यो वर्षमा २ सय २१ वटा बीओपी स्थापना गर्ने लक्ष्य सरकारको रहेको हुदाँ भोक्राहा नरसिंह लगाएर १ सय ९४ वटा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना भएको पौडेलले बताए ।

सबै ठाउँमा स्थानीय जनताको सहयोग पाए नेपालमा ५ सय बढी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गर्न कुनै समस्या नहुने पौडेलको भनाई छ । सशस्त्र प्रहरीले जनताको सेवा, सुरक्षा र उद्धार गर्न कुनै कसर बाँकी नराख्ने पौडेलले बताए ।

मुलुक अहिले बिकट परिस्थितीमा गुज्रिरहेको हुदाँ नेपाल भारतको सीमा नाका बन्द गरेको र आउजाउ गर्न नदिएकोमा कसैले अप्ठयारो नमानी सशस्त्र प्रहरीलाई सहयोग गर्न अपलि गर्दै वहाँले कोरोना भाइरस नियन्त्रणका लागि कडाई गरिएको समेत जानकारी दिए ।

सशस्त्र प्रहरीले नेपाल भारत सीमानाका पिलरको सुरक्षा गर्ने, अनुगमन गर्ने र कोरोना भाइरसको समयमा तराई, हिमाल र पहाडमा सशस्त्र प्रहरीले इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गरिरहेको समेत उनले बताए ।

सीमा नाकामा राज्यले दिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी खटिरहेको छ उनले भने सीमानाकामा सर्वसाधारणहरुलाई आउजाउ गर्न नदिएको र नेपालीहरुले संक्रमण र क्षति नपुगोस भनेर यसलाई नियन्त्रण गर्न सरकार लागि परेको उनले बताए ।

अविश्वासको वातावरण सिर्जना नगर्न र सहज वातावरणमा सशस्त्र प्रहरीलाई काम गर्न दिनका लागि सबैको साथसहयोग र मायाको आवश्यकता भएको बताउँदै पौडेलले जनतासँग सशस्त्र प्रहरीले हातैमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

जनतालाई सीमानाकामा दिनुपर्ने सेवा सुविधा र सहयोग लागि सधैं तयार रहेको छु उनले भने सशस्त्र प्रहरीको मुख्य काम वोर्डर ब्यवस्थापन र सुरक्षा गर्नुको साथै आमनागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउनु हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना भएपछि सामाजिक अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्ने र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि स्थापना भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

बीओपी स्थापना भएपछि नेपालीहरुको लागि सहज भएको उनले बताए । भोक्राहा नरसिंह गाउँपालिका ८ नम्बर वडाको उल्टी नेपाल भारतसँग जोडिएको पालिका भएको हुदाँ सुरक्षा दृष्टिकोणले बालियो नभएको अवस्थामा बीओपी स्थापना गरी शान्ति सुरक्षा र सीमाको रक्षाको लागि गरिएको उनले बताए ।त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले सुनसरीमा ७ वटा थप बीओपी स्थापना गर्ने लक्ष्य रहेको बताए ।

बर्जु गाउँपालिकामा १ वटा, कोशी गापामा ३ वटा, हरिनगर गापामा २ वटा लगायतको पालिकाहरुमा स्थापना गर्ने मध्ये भोक्राहा नरसिंह र हरिनगरमा जग्गा भेटिएकोले पालिकाका अध्यक्षहरुलाई धन्यवाद दिएका छन् ।

उल्टीको भवन निर्माण गर्नका लागि भोक्राहा नरसिंह गापाबाट ५ लाख र अन्यबाट २५ लाख बराबरको निर्माण सामाग्री सहयोग पाएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

सशस्त्र प्रहरी सीमासुरक्षाका मात्रै पात्र नभएर यहाँका जनता पनि सीमा सुरक्षाका पहरेदार हुन् उनले भने ‘सशस्त्र प्रहरी बर्दी सहितको सीमा रक्षक हो भने यहाँका सम्पूर्ण नागरिक बिना बर्दीको सीमा रक्षक हुन् भन्ने कुरालाई आत्मसाथ गरेको छु ।’

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले यस वडामा बीओपी स्थापना गर्न आफूले सहयोग गरको बताए । बीओपी स्थापना भएपछि जनताको जनधनको सुरक्षा हुने भएको हुँदा ठूलो उपलब्धी भएको बताए ।

यादवले चोरी र तस्करी नियन्त्रण गर्न तथा सीमा सुरक्षाका लागि खटाइएको सशस्त्र प्रहरीले इमान्दार भएर काम गर्नका लागि सुझाव दिदैं गलत क्रियाकलाप गर्नेलाई प्रश्य नदिनका लागि अनुरोध समेत गरेका थिए ।

ADVERTISEMENT
Previous Post

कोशीमा मुख्यमन्त्रीद्वारा कोशी रिफ्रेसमेन्टको शिलान्यास

Next Post

इनरुवामा सरकार विरुद्ध तरुणदलको मोटरसाइकल र्‍याली प्रदर्शन 

Next Post
इनरुवामा सरकार विरुद्ध तरुणदलको मोटरसाइकल र्‍याली प्रदर्शन 

इनरुवामा सरकार विरुद्ध तरुणदलको मोटरसाइकल र्‍याली प्रदर्शन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर
  • दुहबीमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist