नसीम अन्सारी
इनरुवा,। सुनसरी कांग्रेसले सरकारको सर्वसत्ताबादको विरुद्ध गर्दै सोमबार सुनसरी सदरमुकाम इनरुवामा विरोध सभाको सम्पन्न गरेको छ ।
सुनसरी जिल्ला भरीबाट आएका हजारौं भन्दा वढी काँग्रेस कार्यकर्ता, शुभेच्छुकहरु इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयमा भेला भएर विरोध प्रर्दशनसहित बस चौकमा आयोजना गरिएको विरोधसभामा सहभागि भएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद ज्ञानेन्द्र कार्कीले सरकारले लादन खोजेको अधिनायकवाद सम्भव नरहेको बताएका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद कार्कीले वर्तमान सरकारले लाद्न खोजेको अधिनायकवाद विरुद्ध मुलुकभर विरोध सभाको आयोजना गरिएको बताएका छन् ।
अर्का संघीय सांसद सीताराम मेहताले सरकारले चालेको कदमहरु गैरकानूनी भएको बताउदै ‘वर्तमान सरकारले डर, त्रास, धम्की देखाएर जनताको आवाजलाई कुल्चिएर शासन गर्नु गलत हो,’ उनले भने, ‘सरकारलाई दबाब दिनका लागि ७७ जिल्लामै विरोध सभाको आयोजना गरिएको हो ।’
सभालाई पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जिल्ला सभापति राजिब कोइराला, संघीय सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर मियाँ, नेविसंघ केन्द्रीय अध्यक्ष राजिब ढुंगाना, इनरुवा नगरपालिकाका मेयर राजन मेहता,नेपाल तरुण दलका सिजन गुरुङ, गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहता, कोशीका सुलेमान मन्सुरी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी लगायतले संबोधन गरेका थिए ।