Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

इनरुवामा आप्रवासी कामदार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२ महिना अगाडि
FEATURE, अन्तर्राष्ट्रिय, समाचार
इनरुवामा आप्रवासी कामदार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
64
SHARES
ShareTweet
Subscribe

इनरुवा,। सुनसरीको इनरुवामा २१ औं अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक विकास संस्था (सिडिओ ) सुनसरी, इनरुवा नगरपालिका र सामी हेल्भेटासको संयोजनमा आप्रवासी कामदार दिवसको अवसरमा विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने गरेको छ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।

यो दिन रोजगारका लागि विदेसिएका कामदार, शरणार्थी र सुवर्ण अवसरका लागि अस्थायी तथा स्थायी आप्रवासी बनेका मानिसहरूको भाग्य र भविष्यप्रति सरकार (राज्य) अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसस्था एवम् आप्रवाससँग सम्बन्धित सङ्घसंस्थाहरूले आफूलाई कतिको जिम्मेवार छु भनेर आत्मसमीक्षा गर्ने गराउने दिन पनि हो । आज नेपाली आप्रवासी कामदारहरू कुन अवस्थामा पुगेका छन् हेरौँ ।

वैदेशिक रोजगारीका लागि कामदार माग्ने देशहरूले त्यहाँका नागरिकहरूले गर्न नचाहेको तल्लो स्तरको काम, नसक्ने, जोखिमयुक्त, कठिन र सस्तो श्रमका लागि मात्र विदेशी कामदार लाने गर्दछन् । परिणामत प्रवासबाट धेरै मात्रामा रोग, मृत्यु र अपाङ्ग भएर फिरेका छन् ।

हालसम्म कामदार लाने, पठाउने निकायहरू भनेको नागरिकलाई सामान ओसारपसार, भण्डारण र बिक्रीवितरण भइरहेको छ ।

गन्तव्य मुलुकको विभिन्न धार्मिक अतिवादी, उग्र पुँजीवादी, भ्रष्टचारमा लिप्त सत्ताका कारण सामाजिक, प्रशासनिक, औद्योगिक श्रम शोषण र हिंसाको शिकार आप्रवासी कामदारहरू एक नम्बरमा पर्ने गर्छन् ।

प्रवासमा भाषा, कानुनी, प्रशासनिक पद्धति, प्रकृया आदिको जानकारीको अभावमा उनीहरू अन्यायमा पर्ने र जेल, श्रम शोषण, शारीरिक शोषण, यातनाका शिकार हुने गरेका छन् ।

काम तथा जिम्मेवारीको मूल्याङ्कन, स्तोरोन्नोति, पारिश्रमिक तथा दक्षता, पदन्नोति जस्ता औद्योगिक श्रम अभ्यास नगरी सीप अनुभव, उचित पारिश्रमिक एवम् बोनस, उपदान (कामदार हित कोष) लिएर फर्कने वातावरण गन्तव्य मुलुकबाटै लुटिने गर्छ । जसले गर्दा दशौं वर्ष काम गरेका प्राविधिकहरू ती सुविधाबाट मात्र वञ्चित भएका छैनन् पुनः साधारण कामदार नै रहने अवस्था छ ।

सरकारको नीति, सूूचना प्रवाहमा सञ्चार माध्यमको व्यापक पहुँच र म्यानपावर व्यवसायको व्यापक सञ्जालका कारण वैदेशीक रोजगारीप्रति बढ्दो आकर्षण छ ।

बेरोजगारी, आम नागरिकहरूमा सरकारी जागिरमा पहुँच नहुनु र अव्यावहारिक शिक्षा नीति भएकाले पनि वैदेशिक रोजगार शीघ्र कमाइ गर्ने माध्यम बनेको छ ।

सरकार स्वयम् दलाल बनेर बहकिएको अवस्था छ वैदेशी रोजगार व्यवसायी र नीति निर्देशनको कानुनी अभ्यास आग्रह पूर्वाग्रहमा कार्यन्वयन गर्ने गर्दछ । गैरकानुनी कार्य गर्नेहरूमाथि व्यापक नियन्त्रण गर्ने इच्छा शक्ति राख्दैन । अन्य मन्त्रालय र सङ्घ संस्थाप्रति पर्याप्त समन्वय राख्न सक्दैन । अपराधलाई सम्झौतामा टुङ्गयाउँछ ।

यस व्यवसायमा जोडिएका म्यानपावर व्यवसायी, बैङ्क, रेमिट्यान्स, हवाई कम्पनी, बिमा, होटल, ट्राभल्स, रातारात धनी भएका छन् ।

श्रम तथा कूटनीतिक क्षेत्रका कर्मचारीहरू श्रम शोषण, भ्रष्ट र अपराध धन्दाका दलाल मतियार बन्न पुगेका छन् । गैरसरकारी सङ्घ संस्थाहरू यस क्षेत्रलाई समाज सेवाका नाममा जीविकोपार्जन र व्यापार व्यवसायमुखी बन्दै गएको छ ।

सरकारसँग पुनःस्थापना नीति तथा कार्यक्रम नहुनु र उनीहरूको कमाइ परिवारको आर्थिक सामाजिक विकासमा सदुपयोग नहुनु अर्को समस्या हो । फर्किएकाहरूको सीप, अनुभवलाई पहिचान गर्नु र पेशा व्यवसाय एवम् सामाजिक क्षेत्रमा पुनः स्थापित गर्न नसकेको अवस्था छ ।

यस क्षेत्रमा कार्यरत कर्मचारी गैरजिम्मेवार एवम् राज्यको नीति तथा कार्यान्वयन हल्का र सतही देखिन्छ । पीडित आप्रवासी कामदारहरूको दुर्बलताको फाइदा उठाउँदै भेस्टेड इन्ट्रेस्ट विभिन्न मिसनरी सङ्घसंस्थाहरू समेत छिर्ने गरेको पाइन्छ ।
यस दिवसको सन्दर्भमा नेपालमा पनि केही विदेशी नक्कलका सुधारात्मक प्रयासहरू त भएका छन् तर नेपाली आप्रवासीहरूको आर्थिक, मानसिक, सामाजिक जीवन भने दलदलमा डुब्दै गइरहेको छ । यसका प्रभाव र असर ठूलो सङ्कट बनेर हाम्रा अगाडि आइरहेको छ ।

सुनसरी जिल्लामा बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन परियोजना सामिले काम गर्दै आएकोले सरोकारवालाहरुले पनि भूमिका खेल्नुपर्नेमा नागरिक समाज सुनसरीका अध्यक्ष पुरुषोत्म घिमिरेले बताए ।

सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक धिरज भट्टराईले सामी परियोजनाको उद्देश्य, लक्ष्य र उपलब्धी बारेमा सहभागिहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारमा गई फर्किएका व्यक्ति सहित रोजगार प्रवद्र्धन र अधिकार प्राप्ती सहितको कानुनी लडाईमा अग्रसर रहँदै आएका व्यक्ति तथा संघ संस्था आवद्ध प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

आप्रवासी स्रोत केन्द्र सुनसरीबाट २०१५ जनवरी देखि २०१९ जुलाई १५ सम्मको अवधिमा १ हजार ६१ मुद्धा हेरिएको छ । जसमध्ये ७ सय वटा समाधान भएका छन् ।

सामी सुनसरीले २ सय २० जनाको रकम फिर्ता गराइएको समेत जनाएको छ । क्षतिपूर्ति १ सय ८४ जनालाई दिलाउन सफल भएको र १ सय ३८ जनाको पासपोर्ट फिर्ता गराइएको जनाएको छ ।

परियोजनाका संयोजक भट्टराईका अनुसार काम र तलव फरक परेका ८७ जनाको सवालमा काम गरिएको छ । अलपत्र परेका ७६ जनाको उद्दार गरिदा ३० जना मृतक परिवारको हकमा क्षतिपूर्ति दिलाउन सफल भएको उनले बताए ।

पछिल्लो आर्थिक वर्षमा सामी सुनसरी मार्फत संचालित आप्रवासी स्रोत केन्द्र मार्फत ३६ हजार २ सय ९७ जनाले व्यक्तिगत परामर्श लिएका छन् ।

कार्यक्रममा प्रदेश सांसद ज्योति सुब्बा , उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह, नागरिक समाजका अगुवा पुरुषोत्तम घिमिरे, हाम्रो सहयात्रा मञ्चकी अध्यक्ष विनीता दाहाल अधिकारकर्मी पुष्प पोखरेल, नेपाली कांग्रेसका युवा नेता दिनेश मण्डल, अधिकारीकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

ADVERTISEMENT
Previous Post

हरिनगरमा शिक्षकलाई ३ दिने इमिस तालिम सुरु

Next Post

कुटपिट गरि हत्या गरेको आरोपमा २ जना पक्राउ

Next Post
कुटपिट गरि हत्या गरेको आरोपमा २ जना पक्राउ

कुटपिट गरि हत्या गरेको आरोपमा २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist