सुनसरी,। नेपाल पिछडावर्ग (OBC) महासंघको केन्द्रिय बैठक र महासंघको पदाधिकारि बैठकको निर्णय अनुसार ‘’नेपाल पिछडावर्ग (OBC) महासंघको केन्द्रिय सदस्य पदमा केन्द्रबाट बिगतका छलफलहरुलाई एकिकृत गरि केन्द्रिय कमिटीको सचिवालय सदस्यमा साजिद हुसेन मनोनित गरिएको छ।
हुसेनलाई नेपाल पिछडावर्ग (OBC) महासंघको केन्द्रिय कमिटीको पुस ११ गतेको बैठकले १ नम्बर प्रदेश सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ बस्ने नेकपा पार्टीको कृयासिल सदस्य र नेकपा पार्टी बराहक्षेत्र नगरपालिका समिति सदस्य दोस्रो कार्यकाल सम्पन्न तेस्रो कार्यकाल समाल्दै आएको तथा उद्योग,पर्यटन,वन ,तथा ,वातावरण मन्त्रालय १ नम्बर प्रदेशको अनुगमन समिति सदस्य समेत रहेका हुसेनलाई नेपाल पिछडावर्ग (OBC) महासंघ केन्द्रिय कमिटीको सचिवालय सदस्यमा मनोनीत भएका छन् ।
हुसेन बराहक्षेत्रका नगरपालिका सफल युवा व्यबसायी, कुशल नेतृत्वकर्ता तथा विभिन्न सामाजिक संस्थामा समेत आवद्ध छन् । मनोनीत भएसँगै हुसेनले महासंघको योजना तर्जुमा गर्ने कार्यक्रममा व्यवस्थापन गर्ने, संगठन विकासको योजना कार्याबन्यन गर्ने र महासंघका मागहरु, तयारी, सृजना पेश गर्ने जिम्मेवारी पाएका छन् ।
यस महासंघको सदस्यमा मनोनित हुनुभएकोमा उहाँलाई नेपाल पिछडावर्ग (OBC) महासंघ १ नम्बर प्रदेशका सदस्य तथा संचारकर्मी नसीम अन्सारीले बधाई तथा शुभकामना समेत दिएका छन् ।