इनरुवा,। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई स्वागत गर्द सुनसरी जिल्लामा प्रधानमन्त्री ओली पक्षका समर्थकहरुले सक्रिय बन्न थालेको छ ।
नेकपा पार्टीकै संसदहरुले आ-आफ्नो स्वार्थका कारण संसद र पार्टी चल्नै नदिएपछि बाध्य भएर प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो निर्णय स्वागत योग रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन निर्णयको विरोध भइरहेको बेला सुनसरीमा
प्रधानमन्त्री ओलि पक्षका नेकपा पार्टीका नेता, कार्यकर्ता, युवा संघ लगायतले प्रधानमन्त्री ओलिको निर्णयलाई स्वागत गर्न सक्रिय बन्न थालेको छ ।
राष्ट्रिय युवा संघ सुनसरीका ईञ्चार्ज देवानन्द मेहता, युवा नेता रमेशकुमार यादव, अञ्जनीकुमार पोखरेल, प्रलाद बस्नेत, ऋतिक यादव, रोशन रेग्मी लगायतका युवाहरुले सुनसरीको इटहरीमा जिल्ला स्तरीय बैठक बसी प्रधानमन्त्री ओलीले गरेको निर्णयलाई स्वागत गर्ने तयारी थालेको छ ।