झापा,। झापाको भद्रपुर नगरपालिका-५ स्थित नयाँबस्तीमा चिसोबाट बच्नको लागि बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
प्रदेश नम्बर १ को झापा जिल्लाबाट मुस्लिम समुदायको छोरी पत्रकारिता क्षेत्रमा आबद्ध हुने जिनत शेख पहिलो मुस्लिम संचारकार्मी महिला हुन।
नेपाल अखबारको मुस्लिम महिला संचारकर्मी तथा समाजसेवी जिनत शेखको पहलमा नयाँबस्तीमा ३१ जना बालबालिकाहरुलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।
देशमा मौसम परिवर्तन भएसँगै चिसो बढेपछि चिसोबाट बच्नका लागि BHADRAPUR HNM TEAM का युवाहरु शईद उल शेख, अरमान रहमान,जाहिर रहमान, इन्ताज शेख, जुमराती मियाँ, ताजिर शेख, जिनत शेख, वसीम शेख, हासिम शेख (मुन्ना) को सहयोगमा र जिनत शेखको पहलमा भद्रपुर नगरपालिका-५ मा मंगलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको स्थानीय पत्ररकार जिनत शेखले बताए।