झापा,। झापाको अर्जुनधारा-४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ ।
आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउसाथ प्रहरी टोली घटना स्थलगमा पुगि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फाईल फाेटाे