स्मार्ट २४ न्यूज , १० पुष २०७६ मा प्रकाशित
इनरुवा / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। २ का २५ वर्षीय दुर्गाप्रसाद काफ्लेले बराहक्षेत्रका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र २ का दुर्गाप्रसाद काफ्लेलाई त्यँही दिन पक्राउ गरेको थियो ।
पीडित महिलालाई आरोपितले पुस ५ गते नै बलात्कार गरेको आरोपमा पीडित पक्षले त्यहीँ दिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो ।
आरोपित काफ्लेलाई घटनाको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण बराहक्षेत्र अस्पताल पुस ५ गते गरिएको थियो ।