काठमाडौं,। सरकारले प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदीलाई रिहा गर्ने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको गृह मन्त्रालयले यस वर्ष पनि करिब ६ सय जनालाई रिहा गर्ने तयारी गरेको जनाइएको छ ।
यसअघि देखि नै असल चालचलन भएका, वृद्धवृद्धालगायतलाई कैद मिनाहा गर्दै आएको मन्त्रालयले शुक्रबार ६ सय जना कैदीको कैद मिनाहा गर्ने जनाइएको छ ।
कानुअनुसार कैद मिनाहा अघि गृह मन्त्रालयले उक्त सिफारिस मन्त्रिपरिषद्बाट पास भएपछि राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ।
कानुनअनुसार भ्रष्टाचार, जबरजस्ती करणी, सरकारी लिखत कीर्ते, संगठित अपराध, मानिसको ज्यान लिने नियतले गरिएको आगजनी, राज्यविरुद्धको अपराध, युद्ध अपराध, विध्वंशात्मक अपराध वा हातहतियार सम्बन्धी अपराध, मानब बेचबिखनसम्बन्धी अपराधमा भने माफी नहुने व्यवस्था छ।
यसैगरी, महिलाविरुद्धको यौन शोषण वा हिंसा, बालबालिकाविरुद्धको यौन शोषण वा हिंसा,जाति हत्या, क्रुर, अमानवीय वा मानवताविरुद्धको अपराध, क्रुर हिंस्रक वा बिभत्स तरिकाले गरिएको हत्या, शरीर बन्धक तथा अपहरणसम्बन्धी अपराध, लागू औषधको कारोबार, ठगी वैदेशीक रोजगार, भन्सार चोरी निकासी पैठारी, जासुसससम्बन्धि, संरक्षित वन्यजन्तुसम्बन्धि, पुरातात्विक वस्तु सम्बन्धिको अपराधमा कैद मिनाहा तथा माफी तथा कैद मिनाहा नहुने कानुनी व्यवस्था छ।
साथै, यी माथी उल्लेख भएका अपराधबाहेक अन्य अपराधको हकमा भने ५० प्रतिशत कैद भुक्तान गरिसकेको अवस्थामा सरकारको सिफारिसमा कैद मिनाहा गर्न सक्ने कानुनी प्रावधान रहेको छ।