दुहबी,। सुनसरीको दुहबी नगरपालिका ८ स्थित कदम गाछि घर भएको अन्दाजी बर्ष ५० को चन्द्र कुमार राई शनिबार झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएका छन् ।
प्रहरीका अनुसार शनिबार दिनको ४:४० बजेको समयमा उनी बस्दै आएको घरको भान्सा कोठामा पंखा झुन्ड्याउने फलामको रडमा टेलीफोनको तार प्रयोग गरेर झुण्डिएको अवस्थामा फेला परेको छ।
मृत्क राईको शवलाई पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा लगेको प्रहरीले बताए ।