इनरुवा,। मोरङका एक बृद्धले कोशी नदिमा हामफालेर आत्महत्या गर्ने प्रयास गरेपछि प्रहरीले
बृद्धको उद्धार गरेको छ ।
आत्महत्या गर्ने उद्देश्यले कोशीमा हामफालेका बृद्धको कोशी ब्यारेजबाट उद्धार गरेको अस्थायी प्रहरी चौकी कोशी ब्यारेजका इन्चार्ज असई तारा चुडालले जानकारी दिए ।
कोशी ब्यारेजको १ नम्बर ढोकाबाट नदिमा हामफालेका मोरङ पथरीसनिचरे बस्ने वर्ष ७६ का केदार पटेलको बिहीबार प्रहरी उद्धार गरेको स्थानीयप्रत्यक्षदर्शी जानकारी दिएका छन् ।
कोशीमा हामफालेको देखेपछि कोशी ब्यारेजस्थित अस्थायी प्रहरी चौकीबाट असई चुडाल नेतृत्वको नेपाल प्रहरीको टोलिले ति बृद्ध व्यक्तिको उद्धार गरेका हुन ।
वृद्धलाई उद्धार गर्दै किन आत्महत्या गर्न खोजेको बारेमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीको भनाइ छ ।
फोटो- मिकाइल आलम
.