चन्दन मेहता
देवानगंज,। सुनसरीको दक्षिण क्षेत्रका पेट्रोल पम्पहरुबाट रोकिएन डिजल र पेट्रोल तस्करी स्थानीय किसान समयमा पाउदैनन् डिजल र पेट्रोल सरोकारवालाहरु मौन रहेको छ।
भारतीय सिमानाकासँग जोडीएको घुस्की, साहेवगंज र साविकको कप्तानगंज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुनेगरेको छ ।स्थानियका अनुसार दैनिक त्यहाँबाट ग्यालिनमा राखेर तेल तस्करी भैरहेको छ । तर सम्बन्धित सरोकारवालाहरुले मौन रहेको दैखिन्छ।
सुनसरीको देवानगंजमा रहेको दुईवटा पेट्रोल मम्प गुप्ता आयत ट्रेडर्स र भगत आयत ट्रेडर्सबाट दैनिक खुलेआम डिजल र पेट्रोल तस्करी भैरहेको दिलीप यादवका भनाइ अनुसार स्थानीय पत्रकार चंदन मेहताले बताएको छ ।
देवानगंजका स्थानियवासी दिलीप यादवका अनुसार त्यहाँबाट दैनिक लगभग ३ हजार लिटर डिजल र पेट्रोल गरि तेल तस्करी भईरहेको उनले बताए । मोटरसाइकलमा राखेर डिजल र पेट्रोल तस्करी भैरहेको उनले बताए ।
बोर्डरमा सशत्र प्रहरीले निगरानी गरिरहेको भएपनि तस्करी रोकिन सकिएको छैनन् उनको भनाई छ । स्थानीय किसानहरु र दैनिक गाडीमा चाहिने व्यक्तिहरुलाई पेट्रोल पम्पका संचालकले केही हुने खाने पहुँचवाला व्यक्तिहरुलाई डिजलर पेट्रोल दिएर बाँकी किसान र गाडी धनीलाई डिजल र पेट्रोल छैनन् भन्दै फर्काउदै गरेको किसानहरुको गुनासो रहेको छन् ।
स्थानीय किसान र गाडी धनीहरु भुटाहा,इनरुवा र विराटनगर गएर डिजल र पेट्रोल ल्याउन बाध्य रहेको अर्का स्थानिय कृषक महेश मेहताले बताए ।
मेहताका भनाई अनुसार तिनै पेट्रोलपम्मवालाले भारत तस्करी गर्न व्यक्तिहरुलाई डिजल र पेट्रोल दिने गरेको कृषक मेहताले बताए । मेहताका अनुसार हामी जाँदा डिजल र पेट्रोल लिन जाँदा तेल छैन् भनेर फर्काउने गरेको छ। तर तस्करहरुसँग लिटरमा ५ रुपैँया बढी लिएर तेल दिने गरेको पाइन्छ ।
पेट्रोल पम्मबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल साथै तस्करहरुले ग्यालेनमा तेल राखेर तस्कर गर्ने गरेका छन् । तस्करहरुले तेल भारतीय बजार धुर्ना, फुल्काहा लगायतका अन्य स्थानमा पुर्याउने गरेको स्थानियको भनाई छ ।
ईलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी इन्चार्ज गजेन्द्र प्रसाद श्रेष्ठसँग डिजल र पेट्रोल तस्करी भईरहेको सम्बन्धमा बुझन खोजदा श्रेष्ठले यहाबाट डिजल र पेट्रोल तस्करी नभएको बताए ।
श्रेष्ठले भने यहीँका स्थानिय किसानले ग्यालिनमा तेल लग्ने गरेका छन्, तस्करी भएको अवस्था छैन् ।स्थानियले नै भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाउछन, उनले भने ‘त्यही कारण तेल तस्करी भएको सोचाई आएको हुनसक्छ उनले प्रक्रिया दिएको छ ।