इनरुवा,। सुनसरीमा ४१ नयाँ सदस्यसहित नेपाल तरुण दल जिल्ला कार्यसमिति विस्तार भएको छ ।
नेपाल तरुण दल सुनसरीको आज बसेको बैठकले सुनसरीमा नेपाली काँग्रेसको संगठन थप बलियो बनाउने उद्देश्यले समिति विस्तार गरिएको तरुण दल सुनसरीका सभापति सिजन गुरुङले जानकारी दिएको हो ।
सुनसरी भरका तरुण दल नगर तथा क्षेत्रीय समितिका अध्यक्ष तथा प्रतिनिधि सहितको बैठकले नेपाली काँग्रेस र तरुण दल सुनसरीका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय रहने युवाहरुलाई समटेर समावेशी समानुपातिक हिसाबले समिति विस्तार गरिएको सभापति गुरुङले जानकारी दिए ।
सुनसरीमा नेपाल तरुण दलको संगठनलाई थप बलियो बनाउन कार्यकर्ताहरुलाई प्रशिक्षण दिइ संगठन विस्तार गर्न आवश्यक भएकाले संगठनमा सक्रिय युवाहरुलाई जिल्ला सदस्यको जिम्मेवारी तोकिएको जानकारी तरुण दल सुनसरीका उपाध्यक्ष सुखदेव राईले बताए ।
तरुण दलको जिल्लामा नयाँ सदस्यको जिम्मेवारी पाउनेहरु
ज्योतिष चौधरी, दिपक पुरी, शिव कुमार यादव, सन्तोष पोखरेल, बिमल कुमार यादव, पर्वत दाहाल, मुरारी पोखरेल, सरोज कार्की, ॐ खड्का, बिनोद तामाङ, अर्जुन कोइराला, सरोज गुरागाई, खेमराज थापा, विद्यानन्द मेहता, अनिल यादव, मनिष कुमार साह, चिन्तामणि सापकोटा, बलराम मेहता, खगेन्द्र कार्की, नगेन्द्र यादव, दुर्गा बहादुर चौहान, सन्दिप अधिकारी, अजित राई, प्रमोद चौधरी, करण तामाङ,चन्द्र लिम्बु, प्रकाश राई, निकेश खतिवडा, उर्मिला देवी ऋषिदेव, बिरेन्द्र मेहता, सुजित राना मगर, दिपा वाग्ले, राजु थापा,सन्त लिम्बु , आरिफ अन्सारी, सगिर आलम, हसबुल साफि , इजराइल खान, मोति यादब, सन्तोष भगत र राज श्रेष्ठ रहेका छन् ।