दुहबी,। विराट मेडिकल कलेज शिक्षण अस्पतालको इर्मजेन्सीमा कार्यरत चिकित्सकमाथि गए राती आक्रमण भएको छ ।
आफन्त उपचारको लागि लिएर आएका केही व्यक्तिहरुले अस्पतालको गार्डले दुव्र्यवहार गरेको भन्दै त्यो बिषयलाई लिएर विवाद बढ्दै गएपछि चिकित्सकमाथि नै आक्रमण गरेका थिए ।
आकस्मिक कक्षमा कार्यतर डा.सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि विरामीका आफन्तजनहरु जाइलागेका थिए । दुवैको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ।
केहीबेर आकस्मिक कक्ष तनावग्रस्त बनेको थियो । आक्रमण गर्ने बुढीगंगा गाउँपालिका(२ का निश्चल श्रेष्ठ र अनिश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आक्रमण गर्ने समुहले ७३ वर्षीया गोमादेवी श्रेष्ठलाई उपचारको लागि अस्पताल आकस्मिक कक्ष ल्याएका थिए । उनको चाडो उपचार गर्नुपर्ने माग गरिरहेका आफन्तजनसँग गार्डको विवाद भएको थियो ।
सोही विवाद बढ्दै गएर चिकित्सकमाथि नै आक्रमण हुनपुगेको हो । घटनामा दुई स्वास्थ्यकर्मी सहित ३ जना घाइते भएको बताइएको छ ।
मोरङ प्रहरीले घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार अस्पताल प्रशासनसँग सिसी टिभी फुटेज मगाएर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
चिकित्सकहरुले भने दुर्घटनाका गम्भीर घाइते भएकाको उपचारमा आफुहरु संलग्न भएको बेला वृद्धालाई लिएर आएकाहरुले चाडो उपचार हुनुपर्छ भन्दै विवाद झिकेको बताएका छन् ।
यता वृद्धाको आफन्तजनले भने चाडो उपचार हुनुपर्ने माग गर्दा गार्डले दुव्र्यवहार गरेको र पछि चिकित्सकले पनि रुखो व्यवहार गरेको आरोप लगाएका छन् । अस्पतालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।