भुटाहा,। सुनसरीको देवानगञ्ज गाउँपालिकालाई नेपाली काँग्रेस सुनसरीका सभापतिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस सुनसरीका सभापति तथा १ नम्बर प्रदेशका प्रमुख प्रतीपक्षी दलका नेता राजीव कोइरालाले शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हो ।
सुनसरी क्षेत्र २ (ख) का प्रदेश सांसद समेत रहेका कोइरालाले आफनो क्षेत्रमा कोरोना उच्च जोखिम बढ्दै गएको बेला स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको कोइरालाका स्वकीय सचिव कृष्ण कुमार (बब्लु) भगतले जानकारी दिए ।
कोरोना संक्रमित व्यक्तिहरुलाई थप उपचार गर्न आफू प्रयासरत रहेको र कोरानाको लक्षणहरु देखा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गराउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईलाई आग्रह गरेको छ।
कोइरालाले पालिकालाई चार हजार मास्क र सेनिटाइजर लगायतको स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउदै कोरोना महामारीबाट ३ जनाले ज्यान गुमाएको प्रति दु:ख्य व्यक्त गर्दै उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली समेत दिएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि आफूले तत्काल स्वास्थ्य सामग्री गाउँपालिकालाई उपलब्ध गराएको उनले बताए ।