इनरुवा,। संकटको घडीमा पनि फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने पत्रकारहरूलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
नेपाल फोटो पत्रकार महासंघद्वारा उक्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ सुनसरी शाखालाई सहयोग गरेको हो ।
फोटो महासंघले पत्रकारहरुको सहजताको लागि महासंघलाई मास्क र सेनिटाइजर प्रदान गरिएको जनाएको छ। फोटो महासंघले मास्क ३ हजार ५ सय थान र सेनिटाइजर साढे ३ लिटर सहयोग गरेको हो ।
स्वास्थ्य सामग्री वितरण गर्दै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले आवश्यक परे थप स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको बताए ।
सामग्री ग्रहण गर्दै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध स्वास्थ्य सामग्री सुनसरीका संचारकर्मीलाई प्रदान गरिने बताए ।