हरिनगर,। सुनसरीको देवानगंज गाउँपालिका– ३ स्थितबाट सशस्त्र प्रहरीले अटो सहित २ लाख ८ हजार रुपैयाँ बराबरको भारतीय हरियो खुर्सानी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल कप्तानगंजको टोलीले बिहानको समयमा चेकजाँचको क्रममा भारतको बजारबाट भन्सार छली गरी नेपाल भित्रयाउँदै गर्दै गरेको को २ ह ५६२८ अटोमा ल्याउँदै गरेको खुर्सानी बरामद गरेको हो ।
११ कार्टुन भारतीय सिमला खुर्सानी अटोमा बोकेर नेपाल भित्रयाउँदै गर्दा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीलाई देख्दा अटो सहित खुर्सानी छाडेर भागेपछि आइतबार बिहान सशस्त्र प्रहरी बल कप्तानगंजका सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतको नेतृत्वमा खटिएको टोलीले उक्त अटो सहित खुर्सानी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक बस्नेतका अनुसार चेकजाँचका क्रममा बरामद गरिएको अटो सहित खुर्सानी आवश्यक कारबाहीका लागि सेतु वन्ध भन्सार कार्यालय भाण्टाबारीमा बुझाइएको छ ।
भारतीय मोटरसाईकल सहित एक सय लिटर डिजल घुस्कीतर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी बल कप्तानगंजले एक लाख १५ हजार बराबरको सेतुवन्ध भन्सार कार्यालय भाण्टाबारीलाई बुझाइएको छ ।