भुटाहा,। सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन तथा वीपीको शालिक अनावरण समेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
आइतबार गाउँपालिकाले आयोजना गरेको गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको १४ औं महाधिवेशन देश भर नै सर्वसम्मत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।
काँग्रेसका १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि चयन भैरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । देउवाले भन्ने पार्टी भित्ररे हारजित हुँदा यसले संगठन र पार्टीलाई हित नहुने त्यसकारण सके सम्म सर्वसम्मतबाट नै पदअधिकारी चयन गर्नुपर्ने उनले बताए ।
वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रिय प्रतिनिधि छनौटमा समेत सकारात्मक प्रभाव पर्ने बताए । देउवाले आफु समेत सर्वसम्मतको पक्षमा रहेको बताउँदै काँग्रेसलाई एक ढिक्का बनाएर अघि लैजान सबै जनाको जिम्मेवारी रहेको बताए ।
त्यसगरि पार्टीका उपसभापति विजय कुमार गच्छदारले नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी जिल्लामा काँग्रेसको अवस्था बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउदै कप्तानगंज नाकामा ठुलो भन्सार कार्यालय, सुनसरी खोलाबाट हुने क्षति र कृषिका लागि सिचाइको लागि पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए।
नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता माननिय ज्ञानेन्द्र बाहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः पार्टी सभापतिमा जिताउन सुनसरी जिल्लाबाट भारी मत दिलाउने प्रधानमन्त्री देउवालाई अशवासन दिएको हो।