इनरुवा,। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्गर्तत जारी सुनसरी क्षेत्र नम्बर ४ को पार्टी कार्यालयमा क्षेत्रीय समिति निर्वाचनको मतदान सकिएको छ ।
कोशी गाउँपालिका-१ स्थित सुनसरी क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसको पार्टी कार्यालयमा जारी निर्वाचन बिहान १० बजेर २२ मिनेटदेखि मतदान शुरु भएको थियो ।
मतदान समय दिउँसो ४ बजेर २२ मिनेटसम्म तोकिएको थियो । निर्धारित समयभित्र ६ सय ५४ मत खसेको मतदान अधिकृत हरे कृष्ण राउतले जानकारी दिए । क्षेत्र नं ४ मा कुल ६ सय ६२ मतदाता रहेका छन् ।
मतदान अधिकृत राउतले मतगणना केही समयपछि शुरु हुने बताए । उनले भने,‘मत गणना शुरु हुनै लागेको छ । मतदानमा ६ सय ५४ मत खसेको ८ मत खसेन हाम्रो तथ्यांक छ।