इनरुवा,। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर-४ का सभापति ऐयुव अन्सारीको टिम निर्वाचित भएपछि संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरेका छन् ।
सुनसरीको लौकहीमा आयोजित सम्मान कार्यक्रममा सुनसरी क्षेत्र नम्बर–४ मा क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन, प्रदेश९क० र ९ख० का कार्यसमिति सहित प्रदेश प्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सुनसरी क्षेत्र नम्बर-४ को क्षेत्रीय सभापति ऐयुव अन्सारीको प्यानल बिजयी भएपछि नवनिर्वाचित पदाधिकारीहरुलाई संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सुनसरी क्षेत्र नम्बर-४ का संघीय सांसद समेत रहेका कार्कीले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय सभापति ऐयुव अन्सारी, सचिव रोशन कुमार खड्का र जुगेश्वर यादव, सहसचिव जितेन्द्र यादव लगायतको कार्यसमितिको पदाधिकारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सुनसरी क्षेत्र नम्बर-४ प्रदेश (क) का नवनिर्वाचित सभापति उपेन्द्र कट्वाल र प्रदेश (ख) का सभापति भिखारी मण्डल, उपसभापति शिवहरी श्रेष्ठ, सचिव नजामुद्धिन अन्सारी (नईम) सहसचिव दाउद अन्सारी, प्रदेश प्रतिनिधि सुशिल कुमार ठाकुर र कृष्ण कुमार भगत (बब्लु) लगायतकालाई संचारमन्त्री कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादव, सदानन्द मण्डल, परमानन्द मेहता, मनोज साह, अनु गुरुङ्ग, राधिका कट्वाल, मिरा पोखरेल, हरिलाल मेहता लगायतका नवनिर्वाचितहरुलाई आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि संचारमन्त्री कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो सम्मान कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत उनले वितरण गरेका थिए ।