इनरुवा,। सुनसरीमा २२ हजार ६ सय ९३ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४ सय ३२ र पुरुष ११ हजार २ सय ६० छन् ।
जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म संचालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखी २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३ सय २४ जना मतदाता थपिएका हुन् ।
थपिएका मध्ये इटहरीमा तीन हजार ६ सय ६२, रामधुनीमा एक हजार ६ सय ६५, देवानगन्जमा ६ सय ६५, बर्जमा ७ सय ८१ र भोक्राहा नरसिंहमा एक हजार १ सय ५० गरी कुल सात हजार ९ सय २३ छन् ।
पहिलो चरण अन्तर्गतनै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरूमा दुई हजार ४ सय १ जनाले नामावली दर्ता गराएका छन् । त्यस्तै १ देखी १९ पुससम्म भएको दोस्रो चरणमा १२ हजार ३ सय ६९ जनाले नामावली दर्ता गराएका छन् ।
दोस्रो चरणमा भएका जिल्लाका स्थानीयतह दुहवीमा एक हजार ५ सय ९० जना, बराहक्षेत्रमा दुई हजार १ सय ५९ जना, कोशीमा एक हजार ३ सय ८३ जना र गढीमा एक हजार ४ सय २८ जनाले नामावली दर्ता गराएका हुन् ।
दोस्रो चरणको समयअवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत पाँच हजार ८ सय ९ जनाले नामावली दर्ता गराएका थिए । सुनसरीमा १२ वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र छन्