Thursday, May 26, 2022
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
Smart24News

सुनसरीमा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२०७८ पुस २३, शुक्रबार: २२:३४ बजे प्रकाशित
FEATURE, समाचार
सुनसरीमा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा,। सुनसरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को ७ औं जिल्ला अधिवेशन सुरु भएको छ । सुनसरी जिल्लामा एमालेको अधिवेशन पूर्व निर्धारित समयमै प्रारम्भ भएको हो ।

सुनसरी सदरमुकाम इनरुवाको जेलफिल्डमा नेकपा एमालेको ७ औं जिल्ला अधिवेशन भइरहेको छ । अधिवेशनको पहिलो दिन उद्घाटनसँगै बन्दसत्र हुने र शनिबार नेतृत्व चयनको प्रक्रिया थालिने छन् ।

सुनसरी सहित देशभर नै एकसाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमबाट उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुकको पहिलो पार्टी बनाउने सन्देश अधिवेशनले दिएको बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउनका लागि एक जुट भएर जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

नेकपा एमालेलाई मजबुत बनाउनका लागि अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्न सकेमात्र मुलुकभर एकताको सन्देश जाने उनले बताए ।

उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले मुलुकको केही जिल्लामा अधिवेशन स्थगित भएको र केही दिनपछि उद्घाटन हुने विश्वास व्यक्त गर्दै मुलुकमा शान्ति र समृद्धि ल्याउनका लागि नेकपा एमाले मात्र सक्ने समेत उनको कथन छ ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गदै स्थायी कमिटि सदस्य गुरु बरालले नेकपा एमालेलाई एकताबाट बलियो बनाउने बताए ।

नेकपा एमाले एकताबाट आगाडी बढ्ने र सम्वन्ध विच्छेद नभई कमी कम्जोरीहरुलाई सच्याउँदै सिकाईलाई बढी प्राथमिकता दिएर पार्टीलाई एकसुत्रमा बाँधन आवश्यक रहेको उनले बताए ।

सुनसरीको अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्नेमा सबैलाई विश्वस्त रहन पनि उनले आग्रह गरे ।

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रदेश-१ का पूर्व मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियैतले जिल्लाको नेतृत्व सर्वसम्मतबाट चयन हुने बताए ।

नेकपा एमालेमा कुनै खेमा नरहेको उनले बताउँदै अधिवेशनले नयाँ रुप दिदै सक्षम र कुशल नेतृत्व चयन गर्ने समेत बताए । पार्टीको अधिवेशन भएकाले एक ढिक्का भएर सहमतिबाट नेतृत्व चयन हुनेमा जोड दिएका थिए ।

अधिवेशनले नेता तथा कार्यकर्ताहरुमा उत्साह थपिएकोले नयाँ नेतृत्व चाहेको जस्तो नै कार्यसमितिमा पदाधिकारीहरु सहित अन्य पदहरुमा जुझारु नेताहरुलाई ल्याउने समेत उनको कथन थियो ।

त्यसैगरि नेकपा एमालेकी नेतृ भगवति चौधरीले मुलुकमा आर्थिक र सामाजिक क्रान्ति ल्याउन आवश्यक रहेको बताईन् । नेकपा एमाले समाजवादको सिद्धान्तलाई अंगालेर अघि बढेको बताईन् ।

नेपाली कांग्रेसको अधिवेशनमा नेताहरुले समाजवादको परिभाषा सिकाउँदै वडा वडामा भाषण गरेको उनले बताउँदै आफ्नो पार्टीको सिद्धान्त र समाजवाद फरक रहेकोले नेकपा एमालेले नै मुलुकको निकास दिन सक्ने बताईन् ।

नेतृ चौधरीले अधिवेशनबाट कस्तो पार्टी बनाउने भन्ने कुराको निष्कर्ष निकाल्न आवश्यक रहेको बताईन् । अधिवेशनले देशभर नै प्रथम पार्टी बनाउने लक्ष्य रहेको उनले बताउँदै नेतृत्व सर्वसम्मतबाट चयन हुनेमा जोड दिएकी थिइन् । समाज आर्थिक क्रान्तिबाट रुपान्तरण गर्न जरुरी रहेको समेत उनले जोड दिईन् ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेतृ चौधरीले सुनसरीमा एकजुट भएर १२४ वटा वडा, ८ वटा प्रदेश सभा र ४ वटा संघीय क्षेत्रमा नेकपा एमाले कब्जा गर्ने सकेमात्र लक्ष्य पुरा हुने बताईन् ।

त्यसैगरि नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरीका सहइन्चार्ज तैयब हुसेनले २०६९ सालमा भएको छैठो अधिवेशन सुनसरीको धरानमा भएको र सातौ अधिवेशन सुनसरीको इनरुवामा भएको जानकारी गराएका थिए ।

केन्द्रीय सदस्य हुसेनले सातौ जिल्ला अधिवेशनले सबैजातजाति, धर्म, लिङ्ग, भाषाका व्यक्तिहरुलाई नेतृत्वमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृत्व छनौट गर्ने र निर्वाचन नहुने समेत उनले बताए ।

जिल्लामा धेरै आकांक्षीहरु भएपनि सबैलाई समेटेर अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन हुनेमा शंका नगर्न सबैलाई अनुरोध समेत हुसेनले गरे ।

जिल्ला कमिटिमा १३५ जना नेतृत्वमा छनौट हुने नेता हुसेनले जानकारी गराउँदै सर्वसम्मतको विकल्प पनि नरहेकोले पुस २५ गतेसम्ममा निचोड निस्कने समेत उनले बताए ।

नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनका अध्यक्ष खेमराज पोखरेलले एकताबद्धबाट उत्साहका साथ अधिवेशन सम्पन्न हुने बताए ।

पार्टीले सबैलाई मिलाएर सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रतिवद्धता पोखरेलले व्यक्त गरेका छन् । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास रहेकोले पुस २५ गतेभित्रसम्म जिल्ला कमिटि चयन गर्न सफल हुने समेत उनले बताए ।

अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य मन्जु मण्डारी, लक्ष्मी गौतम लगायतका नेताहरुले नेताहरुले शुभकामना मनतब्य व्यक्त राखेका थिए ।

त्यसैगरि नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी र नेकपा माओवादीका नेता ओके दाहालले समये अधिवेशनको सफलताको शुभकामना राखेका थिए ।

Tags: अधिवेशनएमालेकोजिल्लानेकपासुनसरीमासुरु
Previous Post

काँग्रेस सभापति गच्छदारले विभाग प्रमुख तोके,को-को केमा ?

Next Post

नेकपा एमालेकाे जिल्ला सदस्यमा युवा नेता अन्सारीको उमेद्धवारी घोषणा

Next Post
नेकपा एमालेकाे जिल्ला सदस्यमा युवा नेता अन्सारीको उमेद्धवारी घोषणा

नेकपा एमालेकाे जिल्ला सदस्यमा युवा नेता अन्सारीको उमेद्धवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरकाे समाचार

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

२०७९ जेष्ठ ७, शनिबार: २२:४९ बजे प्रकाशित
भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

२०७९ जेष्ठ ३, मङ्लबार: २१:०५ बजे प्रकाशित
फेरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढ्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

२०७९ बैशाख ३१, शनिबार: २१:५७ बजे प्रकाशित
हरिनगरमा मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

हरिनगरमा मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

२०७९ बैशाख २४, शनिबार: २३:४२ बजे प्रकाशित
समाजमै न्यायको लागि मेरो वडाध्यक्षमा उम्मेदवारी: दाउद अन्सारी

समाजमै न्यायको लागि मेरो वडाध्यक्षमा उम्मेदवारी: दाउद अन्सारी

२०७९ बैशाख २३, शुक्रबार: २३:०४ बजे प्रकाशित
हरिनगरमा एमालेका वडा अध्यक्षसहित २१० जना काँग्रेस प्रवेश

हरिनगरमा एमालेका वडा अध्यक्षसहित २१० जना काँग्रेस प्रवेश

२०७९ बैशाख २३, शुक्रबार: २१:२६ बजे प्रकाशित

बढी पढिएका समाचार

  • भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    1975 shares
    Share 790 Tweet 494
  • सुनसरीको देवानगंजमा दिउँसै बलात्कार, आरोपी फरार

    1655 shares
    Share 662 Tweet 414
  • भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट महिला सहित पक्राउ

    1153 shares
    Share 461 Tweet 288
  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    850 shares
    Share 340 Tweet 213
  • सुनसरीको इनरुवामा विवाह हेर्न जाँदा एक बालिका बलात्कार, आरोपित फरार

    758 shares
    Share 303 Tweet 190
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    735 shares
    Share 294 Tweet 184
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    723 shares
    Share 289 Tweet 181
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    675 shares
    Share 270 Tweet 169
  • भुटाहामा बकरईद पर्वको अवसरमा सशस्त्र र नेपाल प्रहरीद्वारा ईदगाह र बजार सरसफाइ

    597 shares
    Share 239 Tweet 149

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो तथा प्रमुख संम्वाददाता :- नौसाद मियाँ
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

कम्पनी दर्ता

कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist