इनरुवा,। नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनमा युवा नेता सराजुद्धिन अन्सारीले सदस्य पदमा उमेदवारी घोषणा गरेको छ।
जिल्लाको ७ औं अधिवेशनमा सर्वसहमति प्रक्रिया अन्तरगत आफ्नो नाम नसमेटिए चुनावी प्रक्रियामा गई उमेदवारी दर्ता गर्ने अन्सारीले वताएको हो ।
अन्सारी बिद्यार्थी जिवन देखिनै पार्टीको भातृ संगठन अनेरास्ववियुमा सक्रिय भई विभिन्न पदको जिम्मेवारी पाउदै पार्टी हितमा काम गर्दै आइरहेका छन् ।
अन्सारीले उच्चशिक्षाको लागि बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहदा अनेरास्ववियु वाणिज्य संकाय तर्फको अध्यक्ष, अनेरास्ववीयु जिल्ला कमिटी मोरङको सह-सचिव र कोशी अञ्चलको सदस्यमा रहि संगठनको काम सम्हालि सकेका छन्।
अन्सारी अहिले सुनसरीको दक्षिणी सीमावर्ती ग्रामिण क्षेत्र हरिनगर, कोशी, देवानगंज, बर्जु, जस्ता ठाउँमा पार्टीको भातृ संगठन नेपाल युवा संघको मुख्य भुमिका खेलेर कमिटि गठन तथा विस्तार गर्ने गरिएको उनले वताए ।
अन्सारीले बिभिन्न सघं सस्थामा समेत आवद्ध भएर नेतृत्व दायी भुमिका निर्वाह गरी रहेको छन् । युवा तथा बिद्यार्थीमाझ निकै लोकप्रिय रहनु भएका अन्सारी १ दशक बढि समयबाट सक्रिय राजनिति र समाजसेवामा लागी रहनु भएको छ ।
सुनसरीको दक्षिणी सीमावर्ती ग्रामिण क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई बढी प्राथमिकता दिनुपर्ने उनको तर्क छ । अन्सारी प्रष्ट वक्ताका रुपमा समेत परितिच हुनुहुन्छ ।