इनरुवा,। नेपाली काँग्रेसको भातृसंगठन नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौं जिल्ला अधिवेशनबाट निखिल पोखरेलको अध्यक्षतामा १५ सदस्य निर्विरोध चयन भएको छन् । कर्मचारी युनियन आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुनः पोखरेल निर्विरोध चयन भएको हो।
कर्मचारी युनियन सुनसरीको खुल्लाबाट उपाध्यक्षमा हिरा साह, समावेशी उपाध्यक्षमा सगमलाल चौधरी, महिला उपाध्यक्षमा श्रीती मेहता, सचिवमा उमेश राई, सहसचिव नेत्र प्रसाद न्यौपाने र कोषाध्यक्ष अभिनारायण भट्टराई निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा अब्दुल कैयुम अन्सारी, इन्द्र कुमार श्रेष्ठ, श्यामकिशोर मण्डल, सन्तोष अधिकारी रहेका छन् भने महिला सदस्यहरुमा मन्दिरा कार्की र रुविना थापा रहेकी छिन् । श्रेणी बिहिन सदस्यहरुमा मिन बहादुर श्रेष्ठ र अमरलाल साह निर्विरोध कार्यसमिति चयन भएका हुन् ।
नेपाली काँग्रेसका नेता शेखर कोइराला, प्रदेश-१ का कानुन मन्त्री केदार कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु राजीव कोइराला, राजीव ढुंगाना र कल्पना चौधरी, नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, सचिव बिरेन्द्र साह, इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता लगायतकाले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।