इनरुवा,। सुनसरीमा नेकपा एमालेको सातौ जिल्ला अधिवेशनको बन्द सत्रमा सहमती नभएपछि निर्वाचन हुने भएको छ ।
पार्टीको जिल्ला अध्यक्षका लागी तीन जनाको उम्मेदबारी दर्ता भएको छ । एमाले र नेकपा माओवादी केन्द्रको आआफ्नै अस्तित्व भएकाले हुन लागेको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएपछि आईतबार उम्मेदबारहरुले मनोनय दर्ता गराएका छन् ।
जिल्लामा केपी शर्मा ओली नजिक मानिएका खेमराज पोखरेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरी तीनै जनाले अध्यक्षमा उम्मेदबारी दर्ता गराउनुभएको छ ।
कार्यकर्ता र मतदाताका अनुसार पोखरेल सालिन स्वभावका पार्टीका लागि आवश्यक र अवसर नपाएको नेता भएकाले यसपाली विजयी गराउने प्रतिकृया दिएका छन् ।
तीनै उम्मेदबार मध्ये पार्टीका लागि अति उपयुक्त, इमान्दार, पार्टी प्रति वफादार र कार्यकर्तालाई सहयोग गर्ने जनप्रिय नेता भएकाले पोखरेलको पल्लाभारी रहेको दावी गरेका छन् ।
पोखरेलले पार्टीको नेतृत्व गर्दा पार्टीमा एकता हुने, कार्यकर्ताहरुको मनोवल उच्च हुने, सबैको व्यवस्थापन क्षमता र योग्यताका आधारमा हुने, कसैलाई काखापाखा नगर्ने स्वभावका भएकाले पोखरेललाई मतदान गर्न आतुर रहेको मतदाता सरिता कार्कीले बताउनुभयो ।
पार्टी भित्रको निर्वाचन भएकाले आफूहरुले विवेकका साथ सबैलाई अवसर पाउने गरि मतदान गर्ने कोशीका एक मतदाताले बताएका छन् ।
यता पोखरेलले संचारकर्मीग संक्षिप्त प्रतिकृया दिदै पार्टीमा आफूलाई नेता कार्यकर्ताहरुले नै ल्याउन लागेको र आफू पनि सक्षम, योग्य र आवश्यक ठानेर उम्मेदबार बनेको बताउनुभयो ।
वहाँले पार्टीमा धरानदेखी देवानगञ्जसम्म र दुहवीदेखी कोशीसम्म सबै नेताकार्यकर्ताको भावनाको कदर गर्दै पाँच दशकदेखी एमालेमा लागेकाले आफूलाई जिम्मेबार पदमा आउनका लागि आवश्यक ठानेको बताउनुभयो ।
वहाँले आफू निर्वाचित भएपछि सबैलाई मिलाएर लाने समेत प्रतिवद्धता जनाउनुभएको छ । पोखरेललका सर्मथकहरुले अर्का उम्मेदबार भण्डारी दुई कार्यकाल अध्यक्ष भएको, संविधान सभा सदस्य भएकाले अव अरुलाई पनि अवशर दिनुपर्नेमा आफै इक्छा जाहेर गरेर भण्डारीले आफूहरुलाई धर्म संकटमा पार्ने प्रयास गरेपनि पोखरललाई नै मतदान गर्ने बताएका छन् ।
भोक्राहा नरसिंहका रमेश कुमार यादवले पनि पोखरेलको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ ।
पेखरेलले पदमा नरहेर पनि निकै योगदान गर्ने नेता भएको र कार्यकर्ताहरुको सबै समस्यामा साथ दिदै आएकाले अहिले मैदानमा आएले मतदान गर्नु कार्यकर्ताको धर्म भएकाले मत हाल्ने हरिनगरका मतदाताले बताएका छन् ।
चौधरी पनि एक कार्यकाल अध्यक्ष भएको र अहिले इटहरी उपमहानगरपालिकाका प्रमुख समेत रहेकाले एउटै व्यक्तिलाई धेरै पद दिनु भन्दा पोखरेललाई मत हाल्नु उपयुक्त हुने इनरुवा ९ बबियाका बलदेव यादवको तर्क छ ।
पोखरेल र भण्डारी ओली पक्षमा लामो समयदेखी खुलेर लाग्नुभएका नेता हुन् । भने चौधरी बीचमा गुटउपगुटमा विभाजित भएर लागेको कार्यकर्ताको गुनासो छ ।
पार्टीका निर्वाचनका लागि उपाध्यक्षमा निलम खानाल, निलम बस्नेत सहित तीन जना र सचिवमा पर्शुराम यादव र सत्रुधन यादव रहेका छन् ।