नसीम अन्सारी
इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ भण्टावारीमा मंगलबार विहान भएको आगलागीमा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
स्थानीय हमिद मियाँको गोठबाट सुरु भएको आगोले मियाँको घारसहित छिमेकीहरु कमरुद्धीन मियाँ र उबेद मियाँको समेत घर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ ।
स्थानीय उसमान हाजीका अनुसार आगलागीबाट तीन घरको सम्पूर्ण संरचनासहित अन्नपात, लत्ताकपडा सम्पूर्ण रुपमा जलेर नष्ट हुँदा लाखौ रुपैया बराबरको क्षति भएको मछ ।
उनले मध्य जाडोमा भएको आगलागीको घटनाले तीन परिवारलाई खुल्ला आकासमुनी ल्याएको तत्काल उनीहरुको गास र बासको ब्यवस्था मिलाउनु पर्ने माग गरे ।
समयममै स्थानीय, सशस्त्र र नेपाल प्रहरीले प्रयासको कारण आगो नियन्त्रणमा आएको थियो ।