स्मार्ट २४ न्यूज
काठमाडौं,। एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर सर्टिफिकेट दिन प्याब्सनले माग गरेको छ ।
‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा सर्टिफिकेट दिन आवश्यक पहल गर्न पनि सरकारसँग प्याब्सनले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस