इनरुवा,। सुनसरीको इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसका सम्पूर्ण शिक्षकहरु सम्मानित भएको छ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल सुनसरी बहुमुखी क्याम्पस इकाईको आयोेजनामा गरेको गुरु सम्मान कार्यक्रममा कलेजका सबै शिक्षकहरुलाई सम्मान गरिएको क्याम्पस इकाईका अध्यक्ष मुकेश दाशले बताएको हो।
गुरु सम्मान कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपाल सुनसरी बहुमुखी क्याम्पस संयोजक एवम् १ नम्बर प्रदेश सदस्य सौरभ विश्वकर्माले शिक्षा क्षेत्रमा योगदान पुराएका सुनसरी बहुमुखी क्याम्पस सम्पूर्ण गुरुवर्गलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल विशेष अथिति क्याम्पस सहायक प्रमुख एवम् शैक्षिक अभियान्ता रमेश कुमार मण्डल, प्राज्ञिक विद्यार्थी परिषद नेपालको राष्ट्रिय सह संगठन सचिव रमेश कडेल, प्राज्ञिक विद्यार्थी परिषद नेपालको राष्ट्रिय सचिव जिवन निरौला, प्राज्ञिक विद्यार्थी परिषद नेपाल १ नम्बर प्रदेश सचिव विवश कटुवाल लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा शिक्षण पेशामा आवद्ध भएर समृद्ध समाज निर्माणका लागि योगदान गरिरहेका सुनसरी बहुमुखी क्याम्पस इनरुवाका शिक्षकहरुलाई सम्मान गरिएको इनरुवा नगर अध्यक्ष देबचन्द्र मेहताले जानकारी गराएको हो।
सम्मानित शिक्षकहरुलाई सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल तथा सुनसरी बहुमुखी क्याम्पस सहायक प्रमुख एवम् शैक्षिक अभियान्ता रमेश कुमार मण्डलले अबिर,खादा लगाएर मायाको चिनो दिएर सम्मान गर्नुभएको छ।
कार्यक्रमका प्रमुख अथिति तथा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले शिक्षक पेशा एक सम्मानित पेशा भएको र यस पेशालाई मर्यादित र सम्मानित बनाउनु पर्ने बताउनु भयो।
त्यसै गरि सुनसरी बहुमुखी क्याम्पसका सहायक प्रमुख एवम् शैक्षिक अभियान्ता रमेश कुमार मण्डलले आफ्नो घरायसी कामको बाबजुत पनि क्याम्पसमा निरन्तर लागि पर्ने शिक्षकको कलेज प्रतिको लगाव र धैर्यताको सम्मान गर्न आवस्यक भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सम्मानित हुने शिक्षकहरू मध्य शिकक्ष तथा कबि रमेन्द्र कोइरालाले शिक्षण पेशामा बढेको चुनौतीको बारेमा चर्चा गर्दै शिक्षण पेशामा इमान्दार पूर्वक लाग्न जरुरी भएको बताउनु भयो।
कार्यक्रम प्राज्ञिक विद्यार्थी परिषद नेपाल सुनसरी बहुमुखी क्याम्पसमा संयोजक एवम् १ नम्बर प्रदेश सदस्य सौरभ विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।