धनुषा,। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक अपराध भएको बताएका छन् ।
शनिबार जिलई जमईत अहलेहदिस प्रदेश नं २ द्वारा धनुषामा आयोजित दहेज मुक्त अभियान कार्यक्रमलाई सम्बोधन गर्दै दाइजो प्रथा सामाजिक अपराध रहेको बताएका हुन् ।
मुख्यमन्त्री राउतले दाइजो प्रथा अन्त्य गर्नुको विकल्प नरहेको पनि बताएका छन् । दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू बढिरहेको र त्यस्ता अपराध अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने मुख्यमन्त्री राउतले बताए ।
समाजको आधा हिस्सा ओगटेका महिलाहरूलाई शिक्षा क्षेत्रको पहुँचमा पुर्याउनुपर्ने र शिक्षामा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न नसक्ने उनले बताए ।
केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको सूचनाका आधारमा मुख्यमन्त्री राउतको कार्यालयमा छापा मारेर कागजात बरामद गरेको थियो । त्यसपछि मुख्यमन्त्री राउत विवादमा तानिएका थिए ।