काठमाडौं,। तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।
विहीबार बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले यही माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । तर, शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत् रहने बताइएको छ ।
त्रिविको शुक्रबार बीएससी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । त्यस्तै त्रिविले ३ वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।