स्मार्ट २४ न्यूज
भुटाहा:- सुनसरीको हरिनगर गाउँपालिका भुटाहामा महाशिवरात्रीको अवसरमा भुटाहादेखि हरिनगरासम्म तिर्थालुको घुइँचो लागेको थियो ।
भुटाहामा रहेको मिथिलेश्वरधाम अर्थात मिथिलेश्वर शिवमन्दिरद्वारा आयोजित महाशिवरात्री महोत्सवमा उक्त घुइँचो देखिएको हो ।

महाशिवरात्रीको अवसरमा कलशयात्रा पनि निकालिएको थियो । भब्य सजावटका साथ निकालिएको उक्त कलशयात्रालाई हरिनगरा स्थित बसुकीनाथ मन्दिर पुर्याईएको थियो ।

युवा शिवशक्ती समितीका संयोजक अभिषेक कुमार साहका अनुसार उक्त कलशयात्रामा बसमतिया, गौतमपुर, जल्पापुर, शिशुवासम्मका तिर्थालुको सहभागीता रहेको थियोे ।
