नसीम अन्सारी
सुनसरी,। राष्ट्रिय मुस्लिम आयोगले ईदुल फित्रका नमाज घरमै पढ्न आग्रह गरेको छ । आइतबार बसेको बैठकले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको हो ।
रमजान महिनाको अन्त्यमा मनाइने मुख पर्व ईदुल फित्रका दिन ईदगाह मैदान, मस्जिद र मदरसामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ध्यानमा राखि ईद पर्व घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो ।
यस वर्षको रमजान सुरुको दिन देखि नै कोरोना भाइरस संक्रमण जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढिरहेका छन।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरेको छ।
