स्मार्ट २४ न्यूज
काठमाडौं,। राष्ट्रिय मुस्लिम आयोगले सरकारसँग मुस्लिम समुदायको मुख्य पर्व ईदमा सार्वजनिक बिदा दिनका लागि अनुरोध गरे लगतै सरकारले ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्माबलम्बीहरुको पहिलो पर्व इद उल फित्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बिदा दिने निर्णय गरेको बताए ।
उहाँले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेपनि बिदा कुन दिन हुने भन्ने टुंगो नलागेको बताए । ‘मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गरेको छ ।
कुनदिन भन्ने इस्लाम धर्मगुरुहरुसँग छलफल पछि तय हुन्छ,’ उनले भने ।
