नसीम अन्सारी भुटाहा,। इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान चार्ड पर्व ईद उल अजहा अर्थात (बक्र ईद) आज शनिबार देखी सुरु भएको छ ।
विश्वनै अहिले कोभिड-१९ को चपेटमा रहेकोले नेपालमा पनि कोरोना संक्रमित दिनदिनै वढे गएको अवस्थामा सरकारले भिडभाड , सभा समेल, धार्मिक कार्यक्रम नगर्न रोक लगाएको छ।
तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज बिहान ५:१५ बजे इस्लाम धर्माबलम्बीहरुले ईदगाह, तथा मस्जिदमा भेला भई नवाज पढनु पर्न तर कोरोना भाइरसको कारण आ-आफ्नो घरमा फैमलीसँग सामुहिक ईद-उल अजहा (बक्र ईद) को नवाज पढेको छन् ।
आज बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान ईदगाह वा मस्जिदहरूमा गई नमाज पढ्नु पर्न तर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै आ-आफ्नो घरमा नवाज पढेको छ।
साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्नुपर्ने तर कोरोना महामारीको कारण मोवाइलबाट समाजिक संजालको विभिन्न एपहरु प्रयोग गरि शुभकामना अरदा-प्रदान गरेको छ। नवाज पढेर खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) परम्परा अनुसार दिएको छ ।
बली दिएको पशुको मासु तीन भाग लगाएर एक भाग दीनदुखी र बली दिन नसक्नेलाई, एक भाग आफन्तलाई दिइन्छ भने एक भाग आफूले प्रसादका रुपमा खाने चलन छ । आइतबार र सोमबार पनि कुर्वानी (बली) हुन्छ ।
मुस्लिम धर्मग्रन्थ कुरानका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा अल्लाहा (इश्वरले) आफ्नो सबभन्दा प्रिय वस्तु कुर्वान गर्ने भनेपछि इब्राहिमले आफ्नै छोरालाई अल्लाहाको नाममा कुर्वानी गर्न राजि भएको थियो ।
इब्राहिमले आफ्नौ छोरा माथि छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो ।
हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चार्डमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ।
अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषका लागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ ।
गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुका लागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।
नेपालमा आ-आफ्नो ठाउँ अनुसार ईद-उल अजहाको नवाज पढ्ने समय बिहान ५:१५ बजे देखि ९:३० बजे सम्म रहेको इस्लामिक मामिला जनकारले बताएको छ ।
प्राथना गर्नको लागि सहज होस् भनेर घरमै ईद-उल अजहा (बक्र-ईद) को नवाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले आग्रह गरेको थियो ।